रोजमेरी (Rosamarinus officinalis) पुदिना परिवार (Lamiaceae) को सदाबहार बोटबिरुवामा पर्दछ। यसका पातहरु स्वादका लागि प्रयोग गरिन्छ। समुन्द्री सतहबाट ५०० देखि २५०० मिटर उचाइसम्म भूमध्यसागरीय क्षेत्रको मूल निवासी, यो धेरै युरोपभरी फैलिएको छ। न्यानो मौसममा बगैंचामा व्यापक रुपमा उब्जाउन सकिन्छ। यसको खेतिको लागि मिल्ने वातावरण नेपालको तराई तथा मध्ये पहाडमा रहेको हुदा व्यवसायीकरणको सम्भावना प्रचुर देखिएको छ। रोजमेरीको पातहरुमा तिखो, थोरै तितो स्वादहरु हुन्छ र सामान्यता सुख्खा वा ताजा प्रयोग गरिन्छ। यसको पातहरु प्राय: गरेर मौसमी खानाहरुमा विषेश गरी मासु, ससेज, समुन्द्री खाना, सुप, आलु, टमाटर, सलगम, अन्य तरकारीहरु र पिय पदार्थहरुमा प्रयोग गरेर विदेशतिर खाने गरिन्छ। नेपालमा भने अहिलेको समयसम्म आईपुग्दा यसको प्रयोग तेती भएको पाईएको छैन र २-३ ठाउँमा यसको व्यावसायिक खेती सुरु गरिएको छ।
रोजमेरी एक बारहमासी जडिबुटी वनस्पति हो। यो प्राय: उचाईमा १ मिटरसम्म बढ्छ, यद्यपि केही बोटहरु २ मिटर मिटरसम्म पुग्न सक्दछन। यसको पातहरु १ सिन्टीमीटर लामो हुन्छन् र सानो घुमैरो काँडा जस्तो देखिन्छन्। पातको माथिल्लो भाग कालो हरियो र चम्किलो देखिन्छ र पातको छेउछाउ घुमाउरो हुन्छन। रोजमेरीको बोटमा प्राय जसो किट र रोगहरुसंगको प्रतिरोधात्मक सक्ति हुन्छ यद्यपि वातावरणमा बढि आर्द्रता भएमा पाउडरी मिलडीउ जस्ता फ्ङगल रोगको आक्रमण हुन सक्छ।
रोजमेरीलाई मैले 'Many Problem Common Solution' भन्छु। यो वनस्पति बहुउपयोगी छ। यसमा Antioxidant तत्व पाइन्छ जस्ले गर्दा मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउछ। हामी यसको पातलाई पानीमा उमालेर १० देखि १५ मिनेटसम्म पानीको बाफ लियौ भने माईग्रेनको दुखाइ कम हुने अनुसन्धानले बताए छ। माईग्रेन यस्ते टाउको दुखाइ हो जुन टाउकोको आदि भागमा दुख्छ र त्यो दुखाइ मानिसले सहन सक्दैनन्। रोजमेरीमा Carnosenic तत्व पाइन्छ। यो प्रोटिन कम्पाउण हो जसले छालालाई नरम राख्छ र छालामा बुढोपन देखाउदैन। यो तत्वले किड्नीको रोग, आँखाको रोग समेत निको पार्ने काम गर्दछ। दिमागी बिरामी जसलाई Alzheimer भनिन्छ, यसको निरन्तर प्रयोग गर्दा यो रोग निको हुने डाक्टरहरुले बताए छन्। रोजमेरीबाट एस्ट्राक गरेको तेल अरोमा थेरापीमा मानिसो तनव र डिपिरेसन मुक्त गर्नका लागि प्रयोग गरिन्छ। यो Antibacterial गुणले भरिपूर्ण छ जस्ले पेटको अलसर ठिक पार्छ। यो मुखमा भएको किटाणु मार्न र सास ताजा राख्ने प्रयोग गरिन्छ। रोजमेरीको पात राखेर पानी उमाली, पानीले मुख कुल्ला गर्दा मुखको सास सफा रहने र किरा नलाग्ने हुदा डेन्टिष्टहरु यो प्रयोग गर्नका लागि सल्लाह दिएको पाइन्छ। यसले रातो रगत कोसहरुको सङ्ख्या बढाउन मद्दत गर्छ। यो उच्च रक्तचाप भएका व्यक्तिहरूलाई पनि निक्कै फाइदाजनक भएको पाइन्छ। यसमा Carcinogenic तत्व पाइन्छ जस्ले क्यान्सर भएको कोषलाई मार्ने काम गर्दछ। प्रति १०० ग्राम रोजमेरीमा भिटामिन ए २९२४ आई.यु., भिटामिन सि २१.८ मिलिग्राम, क्याल्सियम ३१७ मिलिग्राम, आइरन ६.६५ मिलिग्राम पाइन्छ।
नेपालको सन्दर्भमा रोजमेरीलाई हेर्ने हो भने काभ्रेपलाञ्चोक, भक्तपुर, रुकुम, रामेछाप, सिन्धुपाल्चोकमा यसको व्यावसायिक खेती सुरु गरिएको छ। स्थानीय बजारमा रोजमेरीको तल प्रति किलो १५ हजार, रोजमेरीको घाँस प्रतिकिलो ६ सय भएको रुकुमका एक व्यवसायीक खेती गर्ने किसानले बताएका छन। काभ्रेको एक Sustainable Agriculture Promotion Company ले उच्च गुणस्तरको अरग्यानिक रोजमेरी प्रोडक पाँच भिन्न Packaging size १००० ग्राम, ५०० ग्राम, ३०० ग्राम, २०० ग्राम र १०० ग्राम वितरण गर्दै आएको बताइएको छ।
नेपालमा रोजमेरीको प्रचुर सम्भावना छ। सम्भावनाका बाबजुद यसको व्यावसायिक खेती प्रति सरकारको उचित ध्यानाकर्षण नजानु, उजित अनुदान र बाली बिमाको व्यवस्था नहुनु, Aromatic and Medicinal Plant research blog नगराउनु, मानिसहरुमा Aromatic and Medicinal Plant हरुमा कम ज्ञान हुनु, बजारिकरणको व्यवस्था राम्रो नहुने र आफ्नो प्रोडकको पहुँच सबै ठाउँमा नहुँदा व्यवसायबाट उचित लाभ लिन नसकेको बताईएको छ।
1 Comments
Yo rosemary ma sanga Pani xa
ReplyDelete