दुधिलो धानगेडो चुस्ने पतेरो कीरा:
नेपालको मधेस र पहाड दुबैमा हुने धान खेतीमा गन्धी पतेरोले धानको गेडाहरुलाई एकनासले नासेको पाहिन्छ। छिटो पाक्ने धानको जातहरुलाई यस कीराले निकै सताउँछ र फल स्वरुप धानको गुणस्तर खस्काउँछ र परिमाणमा कमी ल्याउछ। गन्धी पतेरोलाई छुदा यसले नराम्रो गन्ध छाडी आफ्नो पहिचान जनाउछ।

क्षतिको लक्षणहरु:
१) साना वा चाउरे चामल दानाहरु।
२) बेरुप दानाहरु
३) आँशिक भरिएका र विरङ्गा गोडाहरु वा दागी चामल दानाहरु, ठाडा धानका बालाहरु।
४) गाढा वर्णको धान खोस्ता
५) धान बालामा खोस्ते दानाहरु

व्यवस्थापनका तरिकाहरु:

क) धान रोप्नु अघि
➡ खेतमा माकुराहरु र परजीवी बारुलाहरुको जगजगी कायम राख्न उचित वातावरण बनाई राख्ने।
➡खेतमा भेटीने घाँस झारपातहरु निर्मुल पार्ने।
➡माटोमा निम वा करन्जको खलिको प्रयोग १ रोपनी १२५ किलोग्रामको दरले गर्ने।
ख) धानकाबोट बिकसित भएर धान फल्दासम्म
➡स्थानीय धानको खेतीमा सबै कृषकहरुले सकभर ढिलोचाँडो नगरी एकै साथ धान रोप्ने।
➡ढिलो पाक्ने धानका जातहरुको खेती गर्न उपयुक्त हुन्छ।
➡एका बिहानै वा अबेर दिउँसोको समयमा धानका बोटहरुमा भेटिने पतेराहरुलाई समाई मार्ने। कीरा छोप्ने जालीको प्रयोग गर्न सकिन्छ।
➡कुहिएको मासुमा यी पतेराहरु आकर्षित हुने प्रकृति भएकाले धानका गेडाहरु दुधिला हुदाको अबस्थामा यसको प्रयोग गर्ने।
➡जुटको बोरालाई गाईको गहुँतमा भिजाई रातको समयमा धानखेतमा राख्ने। जरामा वयस्क पतेरोहरु आकर्षण हुन्छन् र बिहान सङ्कलन गरी नष्ट गर्ने।
ग) धानको उपजा लिइसके पछि
➡खेत र खेतका डिलमा रहेका झारपातहरु निर्मुल हुने गरी जलाउने।
घ) कीटनाशक विषादीहरुको प्रयोग
१ लिटर पानीमा ०.२५ मिलिलिटर इमिडाक्लोप्रिड १७.८ एस.एल. को घोल वा १ लिटर पानीमा २ मिलिलिटर मालाथियन ५० ई.सी. को घोल वा २ लिटर पानीमा १ मिलिलिटर साइपरमेथ्रिन २५ ई.सी. को घोल वा २ मिलिलिटर फेन्भेलेरेट २० ई.सी. को घोल वा १ लिटर पानीमा २ मिलिलिटर एजाडिराक्टिन ०.०३ % को घोल।