![]() |
पहेंलो गवारोको पुतली |
डाँठको गुभो खाने कीराहरु:
१) पाँचधर्से गवारो
२) सेतो गवारो
३) पहेंलो गवारो
४) गुलाबी गबारो
माथि उल्लेखित गवारोहरु मध्ये पाँचधर्से गवारो नेपालको चिसो प्रधान ठाउँहरुमा गरिने धान खेतिमा देखा पर्दछन्। सेतो गवारो र पहेंलो गवारो मधेसमा गरिने धान खेतीमा देखिएको पाइन्छ। गुलाबी गवारो पहाडी भुभागमा गरिने धान खेतीमा बाहुल्यताका साथ पाइन्छ।
पाँचधर्से गवारोको शरिरमा पराले पहेंलो देखि फिक्का खैरो रङ्गको शिर देखि पुछारसम्म लम्बिएका ढाँडमा ३, दाँया र बाँया एक एक हुने गरी जम्मा ५ गुलाबी धर्साहरु प्रष्ट रहेको हुन्छ।
सेतो गवारोको पखेताहरुमा कुनै दाग हुदैन। पेटको पुछारमा सेतो रौंको झुप्पो हुन्छ। पहेंलो गवारोको चौंडिएको पेटको पुछाडमा पहेलो रौंको झुप्पो हुन्छ। सुन्तला वर्णको सानो टाउको र फिक्का पहेंलो शरिर भएको हुन्छ।
क्षेतिको लक्षणहरु:
धानको बोटमा नयाँ डाँठहरु विकसित हुदाको अवस्थामा गवारोले बोटको गुभो खाएमा बिकसीत हुदाको डाँठहरु मर्छन् जस्ले मरणान्त डाँठहरु (डेड हार्ट) भनिन्छ। धानका बाला पसाउँदाको पूर्व अवस्थामा गवारोले बोटको गुभो खाएमा सेता बालाहरु (ह्वाइट हेट) निस्कन्छन्।
![]() |
पहेंलो गवारोको लार्भे |
![]() |
सेतो गवारोको पुतली |
![]() |
सेतो गवारोको लार्भे |
व्यवस्थापन तरिकाहरु:
१) छिटो पाक्ने धानको जातको खेती गर्ने।
२) धानका बेर्नाहरुका टुप्पा काटेर रोप्ने।
३) चाहिएको मात्रा भन्दा बढी रासायनिक नाइट्रोजन मल प्रयोग नगर्ने र यस मलको आवश्यक मात्रालाई २\३ पटक गरिराख्ने।
४) चाहिएको मात्राको रासायनिक पोटास मलको प्रयोग हल्किरहेको धानको बोटको आवस्थमा माटोमा राख्ने।
५) धान खेतीको चारै तिर डिलमा भट्मासको बोटहरु उमार्ने।
६) प्रकास पासोमा गवारोका पुतलीहरु नियमित बल्झाई मार्ने।
७) खेतमा माकुराहरु र परजीवी बारुलाहरुको जगजगी कायम राख्न उचित वातावरण बनाई राख्ने।
८) धानका बोटहरुमा भर्खरका गवारो लार्भेहरु देखिए १ लिटर पानीमा ३ ग्राम व्यासिलस थुरान्जियन्सिस कीटनाशक विषादीहरु मध्ये कुनै एकले बोहरुमा वा माटोमा उपचार गर्ने।
९) एक रोपनी खेतमा १.२५ किलोग्रामको दरले कार्बोफुरान ३ जीआर, वा कार्टाप हाईड्रोक्लोराईड ४ जीआर, वा फिप्रोनिल ०.३ जीआर, वा प्रति रोपनी ७५० ग्रामको दरले क्लोरान्र्टानिलिप्रोल ८५ % ले माटोको उपचार गर्नु पर्छ।
0 Comments