धानको फौजी कीरा

धान बालीमा नियमित तवरले फैजी कीरा देखिँदैन तर हरेक ३-४ वर्ष बिराई यस्को प्रकोप पाक्दा खेरिको धानका बोटहरुमा प्राय देखा पर्छ। धान लगायत मकै तथा गहुँबालीहरुमा पनि यही फौजी कीराले प्रकोप मचाउने गरेको पाइन्छ। अनुसन्धान मुताबिक, यस कीराका परपोषी बोटहरुको प्रचुरता र सुख्खा अवधि लगत्तै वर्षातको आवस्थमा फौजी कीराहरुको सङ्ख्यामा अत्यधिक वृद्धि भई धानमा प्रकोपको रुपमा देखा पर्दछ। क्षतिको लक्षणहरु: १) लार्भेले बिगारेको पातहरु २) बिगारेका बालाहरु ३) तहस नहस पारेका बोटहरु गाँजको पिधँमा आश्रित लार्भेहरु। व्यवस्थापन: १) धानको व्याड वरिपरि तथा खेतमा रहेका गाँसे झारहरु हटाउने। २) गहिरो खनजोत गरी धान रोप्ने। ३) प्रकास पासोमा नियमित यसका पुतली बल्झाई मार्ने। ४) छिटो पाक्ने धान खेती गर्ने। ५) खेतमा माकुराहरु र परजीवी बारुलाहरुको जगजगी कायम राख्न उचित वातावरण बनाई राख्ने। ६) धानको खेतमा फौजी कीराको संक्रमणको शय हुन साथ पानी बग्ने गरी सिचाई गर्ने। ७) फौजी कीराको प्रकोपको समय धान बाली जोगाउन खेतको चारै तिर विषक्त खाँडलको व्यवस्था गर्नुपर्छ। यस्तो खाडलमा मालाथियनको धुलो वा १.५५ को धुलो क्लोरपाइरीफसको प्रयोग गर्नु पर्दछ। ८) १ लिटर पानीमा ०,३ मिलिलिटर इमामेक्टिन बेन्जोएट ५ सिजी को घोल वा १ लिटर पानीमा १ मिलिलिटर फेन्भेलेरेट २५ ई.सी. को घोल वा १ लिटर पानीमा १ मिलिलिटर साइपरमेथ्रिन २५ ई.सी. को घोल।